एमाले पहिलो पार्टी हुने उपाध्यक्ष गुरुङको जिकिर

हिमाल प्रेस २० माघ २०८२ १५:०५ | Tuesday, February 3, 2026
8
SHARES
एमाले पहिलो पार्टी हुने उपाध्यक्ष गुरुङको जिकिर

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य चुनावमा राजनीतिक दलहरू आमरूपमा एक्लाएक्लै प्रतिस्पर्धामा रहेका तर कतिपय स्थानमा तालमेल हुन पनि सक्ने बताएका छन्। उनले देश बनाउने नीति र विचारका आधारमा एमाले पहिलो पार्टी हुने जिकिर गरे।

प्रेस चौतारी नेपालद्वारा आज आयोजित अन्तरसंवाद कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तालमेलबारे छलफल भएको भन्ने विषयमा पत्रकारहरूले गरेको प्रश्नमा उपाध्यक्ष गुरुङले बाहिर चर्चामा आए जस्तो अहिलेसम्म एमालेले तालमेलबारे कुनै निर्णय नगरेको तर राजनीतिमा छलफल र संवाद तथा सबै सम्भावना हुन सक्ने बताए।

उपाध्यक्ष गुरुङले निर्वाचनका लागि पार्टीले कार्यमूलक सुधारका विषयलाई समेटेर छरितो घोषणापत्र छिट्टै ल्याउने जानकारी दिए।

प्रकाशित: २० माघ २०८२ १५:०५ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast