काठमाडौँ- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन्।
सोमबार सिरहाको गोलबजारमा आयोजित कार्यक्रमबाट उनी रास्वपा प्रवेश गरेको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
उनीसहित अन्य एमाले नेताकार्यकर्ता पनि प्रवेश गरेको रास्वपाको भनाइ छ।
रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए।
प्रकाशित: ११ फागुन २०८२ १४:५३ | Monday, February 23, 2026
प्रतिक्रिया





