उम्मेदवारी फिर्ता गर्दै उज्यालो नेपाल पार्टीको समर्थन जनार्दन शर्मालाई

हिमाल प्रेस १५ फागुन २०८२ ८:४२ | Friday, February 27, 2026
16
SHARES
उम्मेदवारी फिर्ता गर्दै उज्यालो नेपाल पार्टीको समर्थन जनार्दन शर्मालाई

काठमाडौँ- रुकुम पश्चिममा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका नरेन्द्र केसीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन्।

जिल्ला सदरमुकाम मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमार्फत केसीले औपचारिक रूपमा समर्थनको घोषणा गरेका हुन्।

उनले प्रतिबद्धतापत्र वाचन गर्दै शर्मालाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका थिए।

सो अवसरमा प्रलोपा उम्मेदवार जनार्दन शर्माले दुवै दलका एजेन्डा र उद्देश्यहरू समान रहेको उल्लेख गर्दै अब संयुक्त रूपमा चुनावी अभियान अघि बढाइने बताए।

उनले रुकुम पश्चिमको विकास र समृद्धिका लागि सहकार्य आवश्यक रहेको धारणा राखे।

उम्मेदवार केसीले पनि रुकुम पश्चिमलाई समृद्ध बनाउने साझा अभियानमा आफूहरू सँगसँगै अघि बढ्ने बताए। साथै उनले आगामी दिनमा शर्माको प्रचारप्रसारमा सक्रिय रूपमा लाग्ने जानकारी दिए।

प्रकाशित: १५ फागुन २०८२ ८:४२ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast