यू १९ विश्वकप : अफगानिस्तानलाई हराउँदै भारत फाइनलमा, उपाधिका लागि इंग्ल्यान्डसँग भिड्ने

हिमाल प्रेस २२ माघ २०८२ ७:११ | Thursday, February 5, 2026
6
SHARES
यू १९ विश्वकप : अफगानिस्तानलाई हराउँदै भारत फाइनलमा, उपाधिका लागि इंग्ल्यान्डसँग भिड्ने

काठमाडौँ- यू १९ विश्वकपमा भारतले अफगानिस्तानलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। आरोन जर्जको शतकीय पारीको सहयोगमा भारतले अफगानिस्तानलाई सहजै पराजित गरेको हो।

जिम्बाब्बेको हरारे स्पोट्स क्लबमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेटको क्षतिमा ३१० रनको विशाल स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको भारतका लागि आरोनले शतक पूरा गर्दा वैभव सूर्यवंशी र कप्तान आयुष म्हात्रेले अर्धशतक बनाए।

भारतीय टिमले ४१ दशमलव १ ओभरमै मात्र ३ विकेटको क्षतिमा ३११ रन बनाउँदै खेल आफ्नो नाममा पार्‍यो। अब उपाधिका लागि भारतले शुक्रबार इंग्ल्यान्डसँग खेल्नेछ।

प्रकाशित: २२ माघ २०८२ ७:११ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast