पर्सा- चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ रुपैयाँ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन्। ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड रुपैयाँ राज्यकोषमा दाखिला भएको छ। गत आवको सोही अवधिमा तीन अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो छ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका चार हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन्। गत आवको सोही अवधिमा २० करोड ७६ लाख बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए।
चालु आवको पहिलो छ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्। गत आवको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँ बराबरका दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए। रासस



