हलमा प्रेम र ब्रेकअपका दुई कथा, ‘कुमारी’ र ‘रमिताको पिरती’ आजदेखि प्रदर्शन

हिमाल प्रेस २३ माघ २०८२ ११:४३ | Friday, February 6, 2026
10
SHARES
हलमा प्रेम र ब्रेकअपका दुई कथा, ‘कुमारी’ र ‘रमिताको पिरती’ आजदेखि प्रदर्शन

काठमाडौँ- माघ २३ अर्थात् आजदेखि हलमा फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रद्रर्शन भएको छ।

भ्यालेन्टाइन सप्ताह अर्थात् प्रणय दिवसको छेकोमा दुई नेपाली फिल्म प्रदर्शनमा आएको हो। फिल्म ‘कुमारी’ प्रेम कथामा आधारित छ भने ‘रमिताको पिरती’ ब्रेकअपको कथामा बनेको छ। दुबै फिल्म जेनजी पुस्ताकेन्द्रित बनेका छन्। र देशैभर दुइटैले उत्साहजनक सो पाएको छ।

दिनेश राउतले निर्देशन गरेको ‘कुमारी’ मा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। उनीहरूकै प्रेमकथा, पारिवारिक उतारचढाव फिल्ममा देखिनेछ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।

त्यस्तै, ‘रमिताको पिरती’ मा रमिता पात्रको प्रेमपछिको बिछोडको कथा प्रस्तुत गरिएको छ। सुदिप्ताको निर्देशन बनेको फिल्ममा आना शर्मा मुख्य भूमिकामा छिन्। उनीसँगै फिल्ममा विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङ, रेनु योगीलगायतले अभिनय गरेका छन्।

देशैभर दुबै फिल्मले उत्साहजनक सो पाएको छ।

प्रकाशित: २३ माघ २०८२ ११:४३ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast