हेटौँडा- पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मकवानपुर प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकलाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका-१ का २२ बर्षीय सन्जित स्याङ्तान र त्यसमा सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो।
ठक्कर दिने ट्रक र त्यसका चालकको खोजी जारी रहेको उनले जानकारी दिए।
प्रकाशित: १३ फागुन २०८२ १५:५१ | Wednesday, February 25, 2026
प्रतिक्रिया





