तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा नवलपुरमा दुई घाइते

हिमाल प्रेस २६ माघ २०८२ ९:०९ | Monday, February 9, 2026
6
SHARES
तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा नवलपुरमा दुई घाइते

नवलपुर- तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा नवलपुरमा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग प्र ०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल, प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकल र ग प्र ०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा ग प्र०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजवारको मृत्यु भएको छ। उनको उपचारको क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको गुरुङले बताए।

दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडी सवार कावासोती नगरपालिका–१७ गोछाडाका ४४ वर्षीया प्रमेश्वरी महतो र उनका ४ वर्षीय छोरा जेसन महतो सामान्य घाइते हुनु भएको प्रहरीले जनाएको छ।

प्रहरीले तीनवटै मोटरसाइकल र बुलेट मोटरसाइकलका चालक कावासोती–११ का २५ वर्षीय दिपक महतो भनि चिनिने घनश्याम महतोलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ। रासस

प्रकाशित: २६ माघ २०८२ ९:०९ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast