विदेश पठाउने नाममा ३१ लाख ठगी, दुई जना पक्राउ

हिमाल प्रेस २३ माघ २०८२ २१:३० | Friday, February 6, 2026
8
SHARES
विदेश पठाउने नाममा ३१ लाख ठगी, दुई जना पक्राउ

काठमाडौँ- रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै ३१ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–८ बस्ने ४३ वर्षीया उपासना भण्डारी तथा कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–११ बस्ने २३ वर्षीय युवराज कुँवर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

पक्राउ परेकामध्ये भण्डारीले क्रोएशिया पठाउने भन्दै १२ लाख तथा कुँवरले ग्रीस पठाउने भन्दै १९ लाख रकम लिइ फरार रहेको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। उनीहरुलाई काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।

प्रकाशित: २३ माघ २०८२ २१:३० | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast