बानेश्वरमा सञ्चालनमा आउँदैछ तुफानी पीजा रेष्टुरेन्ट

हिमाल प्रेस २७ माघ २०८२ ८:२६ | Tuesday, February 10, 2026
बानेश्वरमा सञ्चालनमा आउँदैछ तुफानी पीजा रेष्टुरेन्ट

काठमाडौँ- काठमाडौँको बानेश्वरमा तुफानी पीजा रेष्टुरेन्ट सञ्चालन बुधबारदेखि आउँदैछ। लामो समयदेखि रेष्टुरेन्ट र व्यवसायिक क्षेत्रमा कार्यरत ३ युवकले आगामी माघ २८ गते (बुधबार)देखि बानेश्वरको के एण्ड के एण्ड इन्टरनेशनल कलेजसँगै तुफानी पीजा सञ्चालमा ल्याउन लागेका हुन्।

बुधबारबाट औपचारिक खुल्ने भएपनि यसअघि नै सोही ठाउँमा पीजा बिक्री वितरण भइरहेको छ। तुफानी पीजामा नेपाली स्वादको पीजासहित वर्गर, तुफानी फ्राइड चिकेन, तुफानी र्‍याप, एक्प्रेशो बेसका अर्गानिक कफी र विभिन्न फ्रेस जुसहरु पाइने सञ्चालक माधवकुमार नेपालले जानकारी दिए।

तुफानी पीजाले आगामी दिनमा चेन मोडलमा काठमाडौं उपत्यका र मोफसलमा समेत शाखाहरु बिस्तार गर्ने योजना बनाएको छ। बानेश्वर रेष्टुरेन्टमा सेन्टल किचन रहने र अन्य ठाउँमा पनि तुफानी स्वादका परिकारहरु पाइने उनले बताए।

एभरेष्ट होटलको पार्किङ साइडको छक्कुबक्कु मार्गमा रहेको रेष्टुरेन्ट करिब ५० लाख लगानीमा सञ्चालनमा ल्याइएको हो।

प्रकाशित: २७ माघ २०८२ ८:२६ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast