काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।
समितिका अनुसार ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ, सानो लोकल ४० रुपैयाँ, टनेल ५५ रुपैयाँ र सानो भारतीय तथा तराई गोलभेँडा ५० रुपैयाँ कायम गरिएको छ।
आलु रातो प्रतिकिलो २६ रुपैयाँ र भारतीय आलु २५ रुपैयाँ तोकिएको छ भने सुकेको भारतीय प्याज ३८ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।
प्रकाशित: ८ फागुन २०८२ ८:५१ | Friday, February 20, 2026
प्रतिक्रिया




