सहरमा आजः थरीथरीका नाटक र फिल्म प्रदर्शन

हिमाल प्रेस २४ माघ २०८२ ८:१० | Saturday, February 7, 2026
4
SHARES
सहरमा आजः थरीथरीका नाटक र फिल्म प्रदर्शन

काठमाडौँ- आज माघको चाैथाे तथा अन्तिम शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ।
जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

हेरौं, यो साता कहाँ के के हुँदैछ

थिएटरमा तीन नाटक

सर्वनाममा ‘अग्निचक्षु’
कालिकास्थानस्थित सर्वनाम थिएटरमा माघ ११ देखि नाटक ‘अग्निचक्षु’ मञ्चन भइरहेको छ। नाटक देवी कुमारीको सांस्कृतिक परम्परामा आधारित छ। यही माघ २५ सम्म मञ्चन हुने नाटकको आज दुई सो हुँदैछ, दिउँसो १ बजे र साँझ ५ः १५ बजे।

झकेन बिसीको परिकल्पनामा बनेको नाटकका लेखक तथा परियोजनाकार चन्द्रप्रसाद पाण्डेय हुन्।

नाटकमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सुशील राजोपाध्याय, सलोना बज्राचार्य, श्रीशेष श्रेष्ठ, कुन्दन शाक्य, धीरज थापामगर, राजेन्द्र डंगोल, बाल कलाकार दिव्यता चौधरीले अभिनय गरेका छन्।

शिल्पीमा ‘ए थिबेउ’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा माघ ९ देखि नाटक ‘ए थिबेउ’ मञ्चन भइरहेको छ। फागुन ४ सम्म मञ्चन हुने नाटक रंगकर्मी वेदना राईले निर्देशन गरेकी हुन्। गीलु रातोसको लेखन रहेको नाटक किराँत समुदायको पौराणिक कथा ‘थिबिया’ मा आधारित छ। नाटकको आज दुई सो हुँदैछ, दिउँसो १ बजे र साझँ ५ः १५ बजे।

नाटकमा संगीता थापा, सन्जीव राई, सोहाङ राई थुलुङ, प्रवीण पोखरेल, सन्जिप योगी, अभिषेक शर्मा राजोपाध्याय, अञ्जना राई, रेनुका घर्ती मगर, चिराग पनेरु, रोश्नी कार्की, रेजिना राई, पूर्ण बहादुर गन्धर्व, अग्निश्री विश्वकर्मा, शान्ता राई, रेनुका घर्ती मगर, मनिका लामा, डेबिड सुवेदी र युगल श्रेष्ठले अभिनय गरेका छन्।

मण्डलामा ‘बहुरिया’
थापागाउँस्थित मण्डला थिएटरमा माघ ८ देखि नाटक ‘बहुरिया’ मञ्चन भइरहेको छ। नाटकका लेखक तथा निर्देशक सुरज यादव हुन्। नाटकमा विवाहपछि महिलाले भोग्नुपर्ने मौन पीडा, घरभित्रकै अदृश्य विभाजन र सम्बन्धमा बढ्दै गएको अहंकारलाई प्रतीकात्मक शैलीमा प्रस्तुत गरिएको छ।

नाटकमा दुई पात्र छन् निर्देशक यादव र प्रशंसा शिवाकोटी। बुद्धि तामाङ निर्माता रहेको नाटकका रचनात्मक निर्देशक सरिता गिरी हुन्। नाटक सोमबारबाहेक साताको प्रत्येक दिन साँझ ५ बजे माघ २९सम्म मञ्चन हुनेछ। शनिबार १ बजेको अतिरिक्त सो पनि रहेको छ।

हलमा कुनकुन फिल्म

कुमारी
फिल्म ‘कुमारी’ माघ २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक दिनेश राउत हुन्। प्रेम कथामा आधारित फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। उनीहरूकै प्रेमकथा, पारिवारिक उतारचढाव फिल्ममा देखाइएको छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, सिभिल मल, छाया सेन्टर, सिटी स्क्वायर मल, लबिम मल, भाटभटेनी भक्तपुर र दरबार सिनेम्याक्समा फिल्मको २० सो छ।

आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म प्रदर्शनरत छ।

रमिताको पिरती
फिल्म ‘रमिताको पिरती’ पनि माघ २३ देखि नै हलमा प्रदर्शनरत छ। यो ब्रेकअपको कथामा बनेको फिल्म हो। फिल्मकी निर्देशक सुदिप्ता हुन्। आना शर्मा मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङलगायत कलाकार छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिटी सक्वायर मल र सिभिल मलमा फिल्मको १६ सो छ।

आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हल ‘रमिताको पिरती’ चलिरहेको अन्य हल हुन्।

आ बाट आमा
फिल्म ‘आ बाट आमा’ माघ १६ देखि हलमा प्रदर्शन भइरहेको छ। आमाको कथामा बनेको फिल्मका निर्देशक चन्द्र पन्त हुन्। फिल्ममा भारतीय कलाकार प्रदीप रावत, अभिनेत्री विपना थापा र पल शाह मुख्य भूमिकामा छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मकोे १९ सो छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिजमा फिल्म चलिरहेको छ।

गोबर गणेश
माघ १ देखि हलमा ‘गोबर गणेश’ प्रदर्शन भइरहेको छ। यो मरिचमान श्रेष्ठको डेब्यु निर्देशनमा बनेको फिल्म हो। फिल्ममा निम्नजर्गीय परिवारको कथा, सहरको सपना र संघर्ष प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा निर्देशक मरिचमान नै छन्। साथै फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना, पदम तामाङ लगायतले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिटी स्क्वायर मल र एफक्युब सिनेमाजमा फिल्मको सो छ।

द स्ट्रेन्जरर्स : च्याप्टर ३
हलिउड फिल्म ‘द स्ट्रेन्जरर्स : च्याप्टर ३’ माघ २३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म हरर जनरामा बनेको छ।
रेनी हार्लिन निर्देशित फिल्ममा मेडेलेन पेट्स, रिचर्ड ब्रेक, जेनिस अहेर्नलगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, लबिम मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल र सिभिल मलमा फिल्मको १० सो छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

बोर्डर २
बलिउड फिल्म ‘बोर्डर २’ माघ ९ देखि हलमा पदर्शन भइरहेको छ। फिल्मका निर्देशक अनुराग सिंह हुन्। यो ‘बर्डर’ फिल्मको सिक्वेल हो। फिल्ममा १९७१ सालमा भएको भारत र पाकिस्ताबीचको युद्धमा आधारित छ। फिल्ममा सनी देओल, वरुण धवन, दिलजित दोसांझ अहान शेट्टीलगायत कलाकारको अभिनय छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल र लबिम मलमा फिल्मको १० सो छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स र बिग मुभिजमा ‘बोर्डर २’ प्रदर्शनरत छ।

झरी पछिको इन्द्रेणी
फिल्म ‘झरी पछिको इन्द्रेणी’ पुस ४ देखि हलमा प्रदर्शन भइरहेको छ। अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म सामाजिक विषयवस्तुमा आधारित छ।

निर्देशकसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुरमा फिल्मको एक सो छ।

परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। हलमा ५१ दिन मनाइसकेको फिल्मले अहिलेसम्म करिब १७ करोडभन्दा बढि व्यापार गरिसकेको छ।

फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिटी स्क्वायर मलमा फिल्मको सो छ।

अवतारः फायर एन्ड एस
हलिउड फिल्म ‘अवतारः फायर एन्ड एस’ पुस ४ देखि नै हलमा चलिरहेको छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो। फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ। फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारको अभिनय छ। फिल्म हिन्दी र अंग्रेजी दुबै भाषामा प्रदर्शन भइरहेको छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मलमा फिल्मको सो छ।

प्रकाशित: २४ माघ २०८२ ८:१० | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast