काठमाडौँ- आज फागुनकोे पहिलो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
सधैँको साताझैँ यो शनिबार कहाँ के के हुँदैछ त?
टक गुरुङको गजलसंग्रह ‘टक र ‘गजलाभूषण’ सार्वजनीकरण
आज गजलकार टक गुरुङको दुई गजलसंग्रह ‘टक र ‘गजलाभूषण’ एकैपटक सार्वजनीकरण हुँदैछ। कार्यक्रम कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजना गरिएको छ। नेपाल गजल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रम दिउँसो १२ः ३० बजे सुरु हुनेछ। कार्यक्रममा वक्ताका रुपमा भुवन निस्तेज उपस्थित हुनेछन्।
अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ विमोचन
आज अस्मिता विष्टको कृति ‘ब्ल्याकहोलमा गीतहरू’ को विमोचन हुँदैछ। कालिकास्थान स्थित सर्वनाम थिएटरमा कार्यक्रम दिउँसो साढे दुई बजे सुरु हुनेछ।
कार्यक्रममा वक्ताका रूपमा कवि श्रवण मुकारुङ, गुरुङ सुशान्त, विमला तुम्खेवा उपस्थित हुनेछन्। पुस्तक इन्डिगो इन्कले प्रकाशन गरेको हो।
कमल सङघर्षको गजलसंग्रह ‘हियाका कुडा’ सार्वजनीकरण
आज गजलकार कमल सङघर्षको गजलसंग्रह ‘हियाका कुडा’ सार्वजनीकरण हुँदैछ। कार्यक्रम पुतलीसडकस्थित ग्रिनलिफ फुडल्याण्डमा दिउँसो १ बजे सुरु हुनेछ। कार्यक्रममा उपन्यासकार तथा गजलकार विवेक ओझा, गजलकार शीतल कदम्बिनी, पूर्ण रावलको साथमा तपेन्द्र घोडासैनीबीच अन्तक्रिया पनि गरिनेछ। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।
किरण आचार्यको पौराणिक उपन्यास ‘शैलसुते’ सार्वजनीकरण
आज किरण आचार्यको पौराणिक उपन्यास ‘शैलसुते’ सार्वजनीकरण हुँदैछ। कार्यक्रम पुतलीसडकस्थित ग्रिनलिफ फुडल्याण्डमा ३ः३० बजे सुरु हुँदैछ। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।
शिल्पीमा ‘ए थिबेउ’
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा माघ ९ देखि नाटक ‘ए थिबेउ’ मञ्चन भइरहेको छ। फागुन ४ सम्म मञ्चन हुने नाटक रंगकर्मी वेदना राईले निर्देशन गरेकी हुन्।
रातोसको लेखन रहेको नाटक किराँत समुदायको पौराणिक कथा ‘थिबिया’ मा आधारित छ। नाटकको आज दुई सो हुँदैछ, दिउँसो १ बजे र साझँ ५ः १५ बजे।
नाटकमा संगीता थापा, सन्जीव राई, सोहाङ राई थुलुङ, प्रवीण पोखरेल, सन्जिप योगी, अभिषेक शर्मा राजोपाध्याय, अञ्जना राई, रेनुका घर्ती मगर, चिराग पनेरु, रोश्नी कार्की, रेजिना राई, पूर्ण बहादुर गन्धर्व, अग्निश्री विश्वकर्मा, शान्ता राई, रेनुका घर्ती मगर, मनिका लामा, डेबिड सुवेदी र युगल श्रेष्ठले अभिनय गरेका छन्।
हलमा ६ नेपालीसहित ३ विदेशी फिल्म
बिगुल
फागनु १ देखि हलमा ‘बिगुल’ प्रदर्शन भइरहेको छ। फिल्म नेपालको राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजमा केन्द्रित छ। फिल्मका निर्देशक रमेश कोइराला हुन्। फिल्ममा बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वाय मलमा फिल्मको ७ सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।
श्री बुकुरो ट: द होम कलिङ
फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ देखि हलमा प्रदर्शन भइरहेको छ। पारिवारिक कथामा फिल्मको मुख्य भूमिकामा अभिनेत्री लक्ष्मी गिरी छिन्। आमाको पक्षबाट परिवारको कथा प्रस्तुत गरिएको फिल्ममा आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, रामबाबु रेग्मी, उत्तम केसीलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, सिभिल मल र सिटी स्क्वायर मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टरमा फिल्मको सो छ। त्यस्तै बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हलमा पनि फिल्म प्रदर्शनरत छ।
शिवांश : च्याप्टर वान
फागुन १ देखि हलमा फिल्म ‘शिवांश : च्याप्टर वान’ प्रदर्शन भइरहेको छ। फिल्ममा धर्मको नाममा अपराध कर्ममा संलग्न हुनेको कथा प्रस्तुत गरिएको छ। फिल्म सन्तोष कुमार आत्रेयले निर्देशन गरेको हुन्।
जटा भएको अघोरी चरित्रले कसरी भित्रभित्रै अपराध कर्म गर्छ भन्ने फिल्मको मुख्य विषयवस्तु हो। अभिनेता प्रवीण खतिवडा मुख्य भूमिकामा रहेको फिल्ममा तेज गिरी, विमला लिम्बु, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सबीर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायतले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हल
कुमारी
फिल्म ‘कुमारी’ माघ २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक दिनेश राउत हुन्। प्रेम कथामा आधारित फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। उनीहरूकै प्रेमकथा, पारिवारिक उतारचढाव फिल्ममा देखाइएको छ।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको ६ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।
रमिताको पिरती
फिल्म ‘रमिताको पिरती’ पनि माघ २३ देखि नै हलमा प्रदर्शनरत छ। यो ब्रेकअपको कथामा बनेको फिल्म हो। फिल्मकी निर्देशक सुदिप्ता हुन्। आना शर्मा मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङलगायत कलाकार छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टर, लबिम मल, सिटी स्क्वायर मल,
आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल एफक्युब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स फिल्म ‘रमिताको पिरती’ चलिरहेको अन्य हल हुन्।
आ बाट आमा
फिल्म ‘आ बाट आमा’ माघ १६ देखि हलमा प्रदर्शन भइरहेको छ। आमाको कथामा बनेको फिल्मका निर्देशक चन्द्र पन्त हुन्। फिल्ममा भारतीय कलाकार प्रदीप रावत, अभिनेत्री विपना थापा र पल शाह मुख्य भूमिकामा छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको १६ सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।
ओ रोमियो
बलिउड फिल्म ‘ओ रोमियो’ फागुन १ देखि नेपालमा पनि प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक विशाल भारद्वाज हुन्। शाहिद कपुर मुख्य भूमिकामा रहेको फिल्ममा विक्रान्त मेस्सी, तृप्ति डिमरी, तमन्ना भाटियालगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, सिटी स्क्वायरमल, दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको २९ सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स र अष्टनारायण हलमा फिल्म प्रदर्शनरत छ।
तु या मे
हिन्दी फिल्म ‘तु या मे’ नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म थ्रिलर र रोमान्स जनरामा बनेको छ। बेजोय नाम्बियारले निर्देशन गरेको फिल्ममा आदर्श गौरव र शनाया कपूर मुख्य भूमिकामा छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको १० सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।
वादरिङ हाइट्स
अंग्रेजी फिल्म ‘वादरिङ हाइट्स’ नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र रोमान्स जनरामा बनेको फिल्मका निर्देशक एमेरल्ड फेनेल हुन्। फिल्ममा मार्गोट रोबी, जेकब एलोर्डी, होङ चाय, शाजाद लतिफलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको ९ सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।





