चोरीको मोटरसाइकलको पार्टपुर्जा बिक्री गर्ने तीन जना पक्राउ

हिमाल प्रेस ८ फागुन २०८२ २१:२३ | Friday, February 20, 2026
12
SHARES
चोरीको मोटरसाइकलको पार्टपुर्जा बिक्री गर्ने तीन जना पक्राउ

काठमाडौँ- चोरीको मोटरसाइकलको पार्टपुर्जा निकाली बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका-६ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-७, हात्तीगौडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँची, शीतगंगा गाउँपालिका–२ घर भई बूढानीलकण्ठ नगरपालिका-६ हात्तीगौडा बस्ने २८ वर्षीय नरबहादुर चित्रे तथा बूढानीलकण्ठ नगरपालिका-७ हात्तीगौडा बस्ने ३८ वर्षीय करण खड्गी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौडास्थित तथा काठमाडौँ महानगरपालिका-२२, संकटा मन्दिरस्थित पार्किङ गरी राखेको बा प्र ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जासमेत निकाली बिक्री वितरण तथा अन्य मोटरसाइकलहरूमा जडान गरिएको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ फागुन २०८२ २१:२३ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast