मधेशलाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुन्छ : रवि लामिछाने

हिमाल प्रेस १३ फागुन २०८२ १६:०६ | Wednesday, February 25, 2026
8
SHARES
मधेशलाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुन्छ : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका छन्।

बुधबार जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गर्ने क्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले कुनै एक क्षेत्रको नभई समग्र मुलुकको विकासको कुरा गर्ने भन्दै अब तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका हुन्।

उनले सिंगो देश र मधेशलाई विभाजन गर्ने अथवा अलग गरेर राजनीति गर्ने युगलाई अन्त्य गर्न खोजेको उल्लेख गरे। उनले इमानदारीपूर्वक देशको कुरा गर्ने र जनताको एक एक मतलाई कदर गर्दै अघि बढ्ने धारणा राखे।

दशकौंसम्म विभेद र अन्यायमा परेको मधेशलाई समेत प्राथमिकतामा राख्दै यहाँका धार्मिक पर्यटनलाई बढावा दिने गरी काम गरिने उनले बताए।

लामिछानेले रास्वपाले अघिल्लो निर्वाचनमा सुशासनको कुरा गरे पनि विभेदको कुरा गर्न चुकेको भन्दै यसपटक विभेदको अन्त्यसँगै सुशासनको स्थापनाका लागि गम्भीर भएर लाग्ने उल्लेख गरे।

प्रकाशित: १३ फागुन २०८२ १६:०६ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast