यस्तो छ ‘श्री बुकुरो : द होम कलिङ’ को ट्रेलर

हिमाल प्रेस २३ माघ २०८२ १५:४२ | Friday, February 6, 2026
8
SHARES
यस्तो छ ‘श्री बुकुरो : द होम कलिङ’ को ट्रेलर

काठमाडौँ- फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को ट्रेलर सार्वजनिक भएको छ। ग्रामीण परिवेशमा निर्माण गरिएको फिल्मको कथावस्तु पारिवारिक स्नेह, मिलन र नोकझोंकमा आधारित छ।

सानो बुकुरो (घर) बनाउने एक आमाकाे चाहना,  छोराहरूको विवाह, उनीहरूको खुसीलगायत विषय समेटेको छ।

फिल्मको मुख्य भूमिकामा अभिनेत्री लक्ष्मी गिरी छिन्। आगामी फागुन १ गते प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक सुदीप भुपाल सिंह हुन्।

फिल्म रेञ्जको ब्यानरमा बनेको फिल्ममा अन्य कलाकार आशीर्वाद बी क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, रोशनी कार्की, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसीलगायत कलाकारको अभिनय छ।

रुबी सेन सिंहले निर्माण गरेकी फिल्म बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकनमा बनेको छ।

प्रकाशित: २३ माघ २०८२ १५:४२ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast