यस्तो छ आज सुनचाँदीको मूल्य

हिमाल प्रेस १५ फागुन २०८२ ११:५७ | Friday, February 27, 2026
8
SHARES
यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौँ- आज सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। बिहीबारको तुलनामा सुनको मूल्य रु ५०० ले घटेको छ भने चाँदीको मूल्य रु १५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मूल्य रु पाँच हजार ७४० कायम भएको छ।

बिहीबार प्रतितोला सुन रु तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२५ निर्धारण भएको थियो।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोला चाँदीको मूल्य रु पाँच हजार ५८५ निर्धारण भएको छ।

गत सोमबार एक तोला छापावाल सुन रु तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १५ फागुन २०८२ ११:५७ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast