सिरहाका यी नेताले छाडे एमाले

हिमाल प्रेस २१ माघ २०८२ १२:१६ | Wednesday, February 4, 2026
8
SHARES
सिरहाका यी नेताले छाडे एमाले

सिरहा- सिरहामा नेकपा एमालेका केही सक्रिय सदस्यहरूले पार्टीमा आफ्नो सम्पूर्ण राजनीतिक आबद्धता अन्त्य गर्ने निर्णय गरेका छन्।

आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले नेतृत्वको भ्रष्टाचारपूर्ण व्यवहार, निर्णय प्रक्रियामा पारदर्शिताको कमी र कार्यकर्ताका आवाजलाई बेवास्ता गरिनु मुख्य कारण भएको बताएका छन्।

‘जनताको नाममा राजनीति गरिन्छ भनी दाबी गरिए पनि व्यवहारमा सिमित व्यक्तिको स्वार्थ हावी भएको अवस्था हामीलाई स्वीकार्य थिएन,’ विज्ञप्तिमा उल्लेख छ।

उनीहरूले पार्टीभित्र सुधारको प्रयास गरिरहँदा पनि नेतृत्वले आलोचनालाई दबाउने, इमान्दार कार्यकर्तालाई पन्छाउने शैली जारी राखेको र उठेका विषयहरूलाई गम्भीरतापूर्वक नलिएको उल्लेख गरेका छन्।

यसका कारण उनीहरूले आफ्नो आत्मसम्मान र राजनीतिक सिद्धान्तको पक्षमा पार्टीबाट बाहिरिने निर्णय लिएको बताए।

पार्टी छाड्नेहरूमा पुष्पलाल पाख्रिन, माधवबहादुर बुढाथोकी, भिमबहादुर थापा, धनराज यादव, तुलसीप्रसाद उपाध्याय, प्रमोदकुमार लामा, तेजबहादुर लामा, राजकरण साह, रंजित कुमार लामा, ताराबहादुर लामा, किरणकुमार स्याङ्ताङ, राजकुमार महतो रहेका छन्।

प्रकाशित: २१ माघ २०८२ १२:१६ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast