यी हुन् ‘मिसेस भोग नेपाल’ सिजन ३ का विजेता

हिमाल प्रेस १४ फागुन २०८२ १०:५२ | Thursday, February 26, 2026
6
SHARES
यी हुन् ‘मिसेस भोग नेपाल’ सिजन ३ का विजेता

काठमाडौँ- शगून ज्वेलर्स प्रिजेन्ट्स ‘मिसेज भोग नेपाल’ सिजन-३ को ग्रान्ड फिनाले सम्पन्न भएको छ। ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा मंगलबार भएको फिनालेमा नौ जना विजेता घोषणा भएका छन्।

जसमा प्रतिक्षा थापा मिसेस भोग नेपाल ग्रान्ड २०२६ बनेकी छन्। मिसेस भोग नेपाल यूनिभर्सको उपाधि २०२६ प्राचि तोमरले पाएकी छन्।

मिसेस भोग नेपाल वर्ल्ड किमी चौलागाईं, मिसेस भोग नेपाल अर्थ कविता ढकाल, मिसेस भोग नेपाल ग्लोबल कोमल नेपाली र मिसेस भोग नेपाल टुरिजम बनेकी छन् ऋचा रानी राम।

क्लासिक मिसेस भोग नेपाल विजेतातर्फ श्रीनु श्रेष्ठ क्लासिक मिसेस भोग नेपाल ग्राण्ड बनेकी छन्। क्लासिक मिसेस भोग यूनिभर्स ज्योती कुर्मी र क्लासिक मिसेस भोग नेपाल यूनिभर्स सम्झना फूयाल विजेता बनेकी छन्।

सो हाउस अफ फेसन नेपालले आयोजना गरेको हो। सो को फिनालेमा २१ जना विवाहित महिला प्रतिस्पर्धी सहभागिता थिए।

प्रतिस्पर्धीहरुको उत्कृष्ट प्रस्तुति, मेहनत तथा समपर्णलाई मूल्यांकन गर्दै कुल नौ जना विजेताहरु घोषणा गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १४ फागुन २०८२ १०:५२ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast