काठमाडौँ- गत फागुन १ देखि हलमा प्रदर्शनरत फिल्म ‘श्री बुकुरो : द हाेम कलिङ’ को गीत सार्वजनिक भएको छ। महाशिवरात्रिको अवसरमा निर्माण टिमले ‘मायालुको मुस्कान’ बोलको गीत सार्वजनिक गरेका हुन्।
सन्देश पौडेलको स्वर रहेको गीत फिल्मका निर्देशक सुदीप भुपाल सिंहले लेखेका छन्। विक्रम कार्कीको संगीत रहेको गीतमा उनकै संगीत संयोजन रहेको छ।
गीतको भिडियोमा किशाेर अवस्थामा प्रवेश गरेपछिको प्रेम सम्बन्धलाई रोमान्टिक तरिकाले प्रस्तुत गरिएको छ।
फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्देशक सिंहले बताए। पारिवारिक कथामा बनेको फिल्मकी निर्मात्री रुबी सेन सिंह हुन्।
फिल्म रेञ्जको व्यानरमा निर्माण बनेको फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापालगायत कलाकारले अभिनय गरेका छन्।




