नयाँ भन्ने दलहरूसँग कुनै नयाँ मुद्दा छैन : प्रचण्ड

हिमाल प्रेस २३ माघ २०८२ १७:४४ | Friday, February 6, 2026
12
SHARES
नयाँ भन्ने दलहरूसँग कुनै नयाँ मुद्दा छैन : प्रचण्ड नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ भन्ने दलहरुसँग कुनै नयाँ मुद्दा नरहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित नेकपा परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले केही दलहरुले आफूलाई नयाँ भन्दै भ्रम छर्न खोजेको भन्दै उनीहरुसँग कुनै नयाँ मुद्दा नरहेको बताएका छन्। नयाँ र पुरानोको निधो विचार, एजेन्डा र संघर्षले गर्ने उनले बताए।

प्रचण्डले देशमा आजको सबभन्दा नयाँ भनेको गणतन्त्र भएकाले त्यसको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गरेको धारणा राखे। महिला, दलित, आदवासी जनजातिलगायत सबै उत्पीडित क्षेत्र समुदायलाई पहिचान र अधिकार दिने नारा आफ्नो पार्टीले ल्याएकाले आफूहरु नयाँ भएको उनको भनाइ छ।

प्रचण्डले उदार पुँजीवाद र दलाल पुँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लाउने काम भएको आरोप लगाए। उनले निर्वाचन नजिकिँदै जाँदा सक्रिय भएर प्रचार गर्न सके नेपाली कम्युनिस्ट पार्टी नेपालमा एकचोटि फेरि पहिलो पार्टी बन्ने पुरै सम्भावना रहेको दाबी गरे।

प्रचण्डले निकै ठूलो भिडन्त भनेर सामाजिक सञ्जालमा चर्चा भएका खासखास चुनाव क्षेत्रमा नेकपाले चूनाव जित्ने निश्चित भएको बताए।

प्रकाशित: २३ माघ २०८२ १७:४४ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast