काठमाडौँ- विश्वभर प्रदर्शनरत बलिउड फिल्म ‘धुरन्धर’ को सिक्वेल बन्ने भएको छ। फिल्मको पहिलो भागलाई दर्शकले अत्याधिक रुचाएपछि दोस्रो भाग प्रदर्शन हुने भएको हो।
फिल्मको नाम ‘धुरन्धर : द रिभेन्ज’ राखिएको छ। फिल्म मार्च १९ अर्थात् चैत ५ गते प्रदर्शन हुनेछ। टिमले फिल्मको टिजर पनि सार्वजनिक गरिसकेको छ।
अघिल्लो भागकै निरन्तरतासँग टिजरमा पाकिस्तानी ग्याङस्टरसँगको बदलाको कथा देखाइएको छ। टिजरमा अभिनेता रणवीर सिंह दुई फरक गेटअपमा प्रस्तुत भएका छन्।
टिजरले भारतीय जासुसको रूपमा पाकिस्तान पुगेपछि उनको पात्रले भोग्ने चुनौती, जोखिम र बदलाको भावनालाई समेटेको छ।
हिन्दीसहित फिल्म मलयालम, तेलुगु, तमिल र कन्नड भाषामा एकसाथ प्रदर्शन गर्ने टिमले जनाएको छ।
फिल्मले नेपालमा मात्र साढे १० करोड ५३ लाख भन्दा माथि व्यापार गरिसकेको चलचित्र विकास बोर्डले जनाएको छ।
यस्तो छ ‘धुरन्धर : द रिभेन्ज’ को टिजर



