प्रचार पुगेन भन्दै निर्माण टिमले गर्‍यो ‘द ब्ल्यू लाइट’ को प्रदर्शन स्थगित

हिमाल प्रेस २० माघ २०८२ १२:०० | Tuesday, February 3, 2026
24
SHARES
प्रचार पुगेन भन्दै निर्माण टिमले गर्‍यो ‘द ब्ल्यू लाइट’ को प्रदर्शन स्थगित

काठमाडौँ- यही माघ १६ देखि हलमा लागेको फिल्म ‘द ब्ल्यू लाइट’ को प्रदर्शन स्थगित गरिएको छ। निर्माता कम्पनी स्काइफल पिक्चर्सले सोमबार बेलुका एक विज्ञप्ति जारी गर्दे फिल्मको लागि प्रचार कम भएकोले अहिले स्थगित गरेको जानकारी दिएको हो।

विज्ञप्तिअनुसार फिल्म पछि पुनः प्रदर्शन गर्ने टिमको योजना छ। ४ दिनमा दर्शकबाट पाएको सकारात्मक प्रतिक्रिया र उनीहरूकै सल्लाहमा व्यापक प्रचार आवश्यक रहेको ठानेर हलबाट हालका लागि स्थगित गरेको विज्ञप्तिमा उल्लेख छ।

‘दर्शकहरूबाट प्राप्त सम्पूर्ण सुझाव, प्रतिक्रिया तथा दर्शकहरूको समर्थनलाई उच्च सम्मान गर्दै हालका लागि हलबाट हटाई, आगामी दिनमा थप सशक्त तयारी र प्रभावकारी प्रचार रणनीतिसहित पुनः प्रदर्शन गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गर्दै बनाएकोले स्काइफल पिक्चर्सले जनाएको छ।

साइकोलोजिकल थ्रिलर जनरामा बनेको फिल्ममा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा छिन्। उनी फिल्मकी कार्यकारी निर्मात्रीसमेत हुन्।

बलिराम चौहानले निर्देशन गरेको फिल्ममा अन्य कलाकार सृष्टि श्रेष्ठ, अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी, सुरक्षा इटानी, बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्माले अभिनय गरेका छन्।

प्रकाशित: २० माघ २०८२ १२:०० | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast