काठमाडौँ- सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज सुनको मूल्य १० ग्रामको २ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय २५ रुपैयाँले कम हो। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार आज चाँदी १० ग्रामको ४ हजार १ सय ६७ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित: ४ फागुन २०८२ १०:५७ | Monday, February 16, 2026
प्रतिक्रिया




