‘जेनजी मुभमेन्टपछि सबैभन्दा परिवर्तन भएको पार्टी कांग्रेस हो’

हिमाल प्रेस ३ फागुन २०८२ १६:३३ | Sunday, February 15, 2026
12
SHARES
‘जेनजी मुभमेन्टपछि सबैभन्दा परिवर्तन भएको पार्टी कांग्रेस हो’ फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस अहिले जनताको विश्वास जित्ने गरी अघि बढेको बताएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा जसपाका केही नेताहरूलाई कांग्रेस प्रवेश गराउँदै शर्माले आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने गरी परिवर्तित अवस्थामा जनताको विश्वास जित्ने गरी अघि बढेको बताएका हुन्।

उनले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै गएको समेत दाबी गरे। अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने भन्दै उनले यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्ने दाबी गरे। जेन–जी मुभमेन्टपछि सबै भन्दा परिवर्तन भएको पार्टी कांग्रेस मात्रै भएको उनको भनाइ छ।

शर्माले हल्लाका भरमा नभई जरा बलियो बनाउन सबै नेताकार्यकर्ताहरू एक ढिक्का भएर लागेको र पार्टी नेता कार्यकर्तासँगै आम जनताको विश्वास कांग्रेसप्रति बढ्दै गएको बताएका छन्।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरसहित नेताहरू कांग्रेसमा प्रवेश गरेका थिए।

प्रकाशित: ३ फागुन २०८२ १६:३३ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast