भदौ २३ र २४ को घटना सुनियोजित आक्रमणकारीबाट, बालेन-रवि निर्वाचनमा लखेटिइन्छन् : महेश बस्नेत

हिमाल प्रेस २६ माघ २०८२ ७:३८ | Monday, February 9, 2026
4
SHARES
भदौ २३ र २४ को घटना सुनियोजित आक्रमणकारीबाट, बालेन-रवि निर्वाचनमा लखेटिइन्छन् : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले यो निर्वाचनमा नेकपा एमाले एकमना एकताका साथ आएको बताएका छन्।  नेकपा एमाले भक्तपुर क्षेत्र नं २ निर्वाचन परिचालन कमिटी अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले केही दिनमा बरालिएका युवाहरू पनि एमालेमा नै फर्कने बताएका हुन्।

यो निर्वाचन मार्फत रवि लामिछाने र बालेनको पपुलिष्ट योजना परास्त हुने बस्नेतको दाबी छ। ‘गुल नेटवर्कबाट आएको पार्टी गुगलमा नै हुन्छ, नेकपा एमाले भूगोलमा हुन्छ’, उनले भने।

संविधान बचाउन र विकासको लागि नेकपा एमालेलाई नै जिताउनु पर्नेमा उनको भनाइ छ। ‘हामीले यस वर्ष नसोचेको भोट ल्याएर विजय हासिल गर्ने छौँ’, बस्नेतले भने।

उनले राष्ट्र बचाउनको लागि पनि एमालेलाई मतदान गर्नुपर्ने बताए। शान्तिपूर्ण देश नेपाललाई बचाउन युवाको महत्वपूर्ण भूमिका हुने बताउँदै देश बचानको लागि युवाले दायाँबायाँ नगरी एमालेलाई भोट हाल्नु पर्ने बस्नेतको धारणा छ।

एमालेले मुलुकको विकास र समृद्धिको लागि मिसन २०८४ को अभियान लिएर आएको भए पनि असंवैधानिक तरिकाले संसद विघटन गरेर २०८२ सालमा नै चुनावमा जानु परेको उनले बताए। यो चुनावमा एमालेले भाग नलिओस् र संसदलाई एमाले विहीन बनाउन सकिन्छ भन्ने षडयन्त्र गरिएको भए पनि त्यो सफल नभएको बस्नेतले बताए।

भदौ २३ र २४ को घटना आन्दोलन नभएका र त्यो नेपालीको चहना अनुसारको घटना नभएको उनले बताए। २३ गते सुरुमा विद्यार्थीले देशको अवस्था परिवर्तनको लागि प्रदर्शन गरेका भए पनि पछि त्यसलाई हाइज्याक गरी हिंसात्मक बनाइएको उनले दाबी गरे।

उनले भदौ २३ र २४ को घटना सुनियोजित आक्रमणकारीबाट भएको बताए।

प्रकाशित: २६ माघ २०८२ ७:३८ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast