काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर उच्च मूल्यमै स्थिर छ। बहराइन दिनारसहित केही मुद्रा महँगिएका छन्। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित विदेशी मुद्राको विनिमयदर भने आज घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज पनि अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।
गएका तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा स्थिर छ।
आज युरो १ को खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा थियो।
आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ १० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ०७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ९४ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९१ रुपैयाँ १९ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १८ पैसा थियो।



