देश संकटमा छ, त्यसैले सूर्यको आवश्यकता छ : लेखराज भट्ट

हिमाल प्रेस १० फागुन २०८२ ९:४९ | Sunday, February 22, 2026
6
SHARES
देश संकटमा छ, त्यसैले सूर्यको आवश्यकता छ : लेखराज भट्ट

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव एवं कैलाली ४ का प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्टले देश संकटमा रहेको बताएका छन्। मतदातासँगको भेटघाटमा उनले अहिले देश र सुदूरपश्चिमको आवश्यकता सूर्य भएको बताएका हुन् ।

नेकपा एमालेका उपमहासचिव समेत रहेका भट्टले सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा आफूले नेतृत्व गरिरहेकाले यहाँका जनताले जिताउनुपर्ने बताए। उनले भने, ‘सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिको नेतृत्व मैले गरिरहेको छु। कैलाली– ४ ले सुदूरपश्चिमका ९ जिल्लाको नेतृत्व गरिरहेको छ । यो कुरालाई हामीले बिर्सनुहुँदैन।’

उपमहासचिव भट्टले आफू निर्वाचित भएमा कैलाली–४ को मात्रै नभई सुदूरपश्चिमको समेत विकासको ढोका खुल्ने बताए। उनले यसका लागि सबै एक ठाउँमा आएर सूर्यमा मतदान गर्नुपर्ने बताए।

उपमहासचिव भट्टले आफूले यसै क्षेत्रमा जीवन बिताएको भन्दै यहाँका सबै समस्या बुझेको पनि बताए । उनले भने, ‘मैले यही जीवन बिताएको हुँ । सुदूरपश्चिमलाई समृद्धि बनाउन जोस, जाँगर छ, सुन्दर सुदूरपश्चिम बनाउने इच्छा छ। यहाँका सबै समस्या मैले बुझेको छु।’ उपमहासचिव भट्टले कैलाली– ४ को विकासका लागि आफूले सधैँ प्रयत्न गरेको र त्यो जारी रहेको पनि बताए । उनले यस क्षेत्रलाई सुन्तला जोन बनाउने बताए ।

प्रकाशित: १० फागुन २०८२ ९:४९ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast