अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ १३ पैसा

हिमाल प्रेस २० माघ २०८२ ६:३५ | Tuesday, February 3, 2026
4
SHARES
अमेरिकी डलरको खरिददर १४६ रुपैयाँ १३ पैसा

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा छ।

हिजो अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो। आज युरो १ को खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा थियो।

आज कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४८० रुपैयाँ ६१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ १० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ०७ पैसा थियो। आज बहराइन दिनार १ को खरिदर ३८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९१ रुपैयाँ १९ पैसा थियो।

प्रकाशित: २० माघ २०८२ ६:३५ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast