विनियोजित बजेट पूर्णरूपमा कार्यान्वयन हुन्छ : विष्णु पौडेल

हिमाल प्रेस १३ फागुन २०८२ १८:०५ | Wednesday, February 25, 2026
10
SHARES
विनियोजित बजेट पूर्णरूपमा कार्यान्वयन हुन्छ : विष्णु पौडेल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन्।

बुधबार बुटवलमा आयोजना गरिएको ‘खेलाडीसँग विष्णुप्रसाद पौडेल’ कार्यक्रममा पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि आफूले ल्याएको बजेट संसदमा प्रस्तुत भई पारित समेत भएको अवस्थामा बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका हुन्।

उनले बजेटमा उल्लेख कतिपय विषयलाई वर्तमान सरकारले रद्द नभई होल्ड मात्रै गरेकाले होल्ड गरिएको निर्णय छिट्टै खुला हुने जिकिर गरे। उनले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम समेत कार्यान्वयनमा जाने उल्लेख गरे।

रुपन्देही निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार समेत रहेका पोडेलले रुपन्देहीमा उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने, जिल्लालाई स्पोर्ट्स हबका रूपमा विकास गर्ने लगायतका योजना रहेको बताए।

उनले प्रदेशको गौरव आयोजनाका रूपमा रहेको उजिरसिंह रंगशालाका लागि बजेट सुनिश्चित भइसकेको भन्दै बाँकी प्रक्रिया पूरा गरी छिट्टै अघि बढ्ने दाबी गरे।

प्रकाशित: १३ फागुन २०८२ १८:०५ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast