काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (आइतबार) फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको हो।
हिजो (शनिबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस थियो।
प्रकाशित: १८ माघ २०८२ ६:४२ | Sunday, February 1, 2026
प्रतिक्रिया



