काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस देखिएको हो।
हिजो (शनिबार) यो समय उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस थियो भने बिहान ८:४५ बजे केही घटेर ६.९ डिग्री सेल्सियस कायम भएको थियो।
प्रकाशित: २५ माघ २०८२ ६:३५ | Sunday, February 8, 2026
प्रतिक्रिया



