चक्कु प्रहार गरेर किशोरको हत्या

हिमाल प्रेस २९ माघ २०८२ २०:२० | Thursday, February 12, 2026
14
SHARES
चक्कु प्रहार गरेर किशोरको हत्या

काठमाडौँ– दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या गरिएको छ।

फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो।

दुल्लू अस्पताल नजिकै भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको छ। तीनै जनाबीच विवाद भएपछि उक्त घट्ना घटेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते खनालको दुल्लू अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि फरार भएका दुवैजनालाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढाको चामुण्डाको जंगलबाट नियन्त्रणमा लिएको हो।

प्रकाशित: २९ माघ २०८२ २०:२० | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast