तामाकोशी बस दुर्घटना अपडेट : ६ जनाको घटनास्थलमै निधन, ५ घाइते

हिमाल प्रेस २७ माघ २०८२ १२:२६ | Tuesday, February 10, 2026
20
SHARES
तामाकोशी बस दुर्घटना अपडेट : ६ जनाको घटनास्थलमै निधन, ५ घाइते दुर्घटनाग्रस्त बसमा सवार यात्रुको उद्दारका लागि जाँदै सशस्त्रको गोताखर टिम। तस्बिर : शैलेन्द्र थापा

काठमाडौँ- काठमाडौँबाट ओखलढुंगाको पोकलीतर्फ गुडेको यात्रुवाहक बस मंगलबार बिहान तामाकोशी खस्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार खुर्कोट-मन्थली सडक खण्डको सेलेघाट नजिक बेनी मन्दिरछेउबाट प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोशी नदीमा खसेको हो।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। अन्य पाँचजनाको घाइते अवस्थामा उद्धार गरिएको छ। बस पौने ११ बजे झन्डै २० मिटर तल तामाकोशी नदीमा खसेको थियो।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेस खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धारकार्यमा खटिएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा दुईजना पुरुष र चारजना महिला छन् भने उद्धार गरिएका पाँचजनालाई उपचारका लागि जिल्ला अस्पताल खुर्कोटतर्फ पठाइएको छ।

यात्रुवाहक बसमा सवार यात्रुको संख्या खुलेको छैन। थापाका अनुसार उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोट सिन्धुलीबाट १० जना गोताखोर परिचालन गरिएको छ। बस काठमाडौँबाट मन्थली, धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि गुडेको थियो।

प्रकाशित: २७ माघ २०८२ १२:२६ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast