काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी टी २० विश्वकप अन्तर्गत दोस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्न लागेको हो। खेल दिउँसो सवा ३ बजेदेखि सुरु हुने छ।
दुई दिनअघि नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो। यस खेलमा दीपेन्द्र सिंह ऐरी र आसिफ शेखले अर्थशतक बनाएका थिए। उनीहरु उच्च लयमा छन्। नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ। आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ।
नेपालको समूह स्कटल्याण्ड, इंग्ल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन्। नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग खेल्ने छ।
नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ।



