टी २० विश्वकप : पाकिस्तानले भारतविरुद्ध खेल खेल्ने

हिमाल प्रेस २७ माघ २०८२ ६:५८ | Tuesday, February 10, 2026
8
SHARES
टी २० विश्वकप : पाकिस्तानले भारतविरुद्ध खेल खेल्ने

काठमाडौँ- जारी टी २० विश्वकपमा पाकिस्तानले भारतविरुद्ध खेलमा सहभागी हुने भएको छ। अब, भारत र पाकिस्तानबीचको खेल पूर्वनिर्धारित समयअनुसार नै फेब्रुअरी १५ मा कोलम्बोमै हुनेछ।

आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राख्ने निर्णय गरेपछि पाकिस्तानले त्यसकै विरोधमा भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णय गरेको थियो। तर पछिल्लो निर्णय अनुसार बहिष्कार गर्ने निर्णय पाकिस्तानले फिर्ता लिएको छ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले फेब्रुअरी १५ मा भारतविरुद्ध हुने टी २० विश्वकपको खेलमा पाकिस्तान सहभागी हुने वा नहुने भन्नेबारे आगामी २४ घण्टाभित्र निर्णय हुन सक्ने बताएको केही घण्टामै पाकिस्तान सरकारले एक्समार्फत भारत विरुद्धको खेल खेल्ने पुष्टि गरेको छ।

यसअघि नकवीले भनेका थिए, ‘हामीले आईसीसीसँग छलफल गरेका छौं। अहिले नै यसबारे कुनै टिप्पणी गर्नु उचित हुँदैन। आईसीसीको जवाफ आएपछि हामी निर्णय गर्नेछौं। आईसीसीको प्रतिक्रिया आएपछि हामी थप सल्लाहका लागि प्रधानमन्त्री ९शहबाज शरीफ० कहा जानेछौं। भोलि वा पर्सिसम्ममा यसबारे औपचारिक घोषणा हुनेछ।’

यसैबीच, बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लामले आइतबार लाहोरमा नकवी र आईसीसीका सहअध्यक्ष इमरान ख्वाजासँगको भेटपछि पाकिस्तानलाई भारतविरुद्धको खेल खेल्न औपचारिक रूपमा अनुरोध गरेका छन्।

 

प्रकाशित: २७ माघ २०८२ ६:५८ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast