टी २० विश्वकप : नेपालसँग जितेको इंग्ल्यान्ड वेस्ट इन्डिजसँग स्तब्ध

हिमाल प्रेस २९ माघ २०८२ ६:५६ | Thursday, February 12, 2026
10
SHARES
टी २० विश्वकप : नेपालसँग जितेको इंग्ल्यान्ड वेस्ट इन्डिजसँग स्तब्ध

काठमाडौँ- आईसीसी टी २० विश्वकपमा नेपालविरुद्ध पहिलो जित निकालेको इंग्ल्यान्ड वेस्ट इन्डिजसँग स्तब्ध बनेको छ। इंग्ल्यान्डलाई वानखेडे स्टेडियममा हराउँदै वेस्ट इन्डिजले आईसीसी टी २० विश्वकपमा लगातार दोस्रो जित दर्ता गर्‍यो।

शेरफाने रुदरवोर्डको उत्कृष्ट ब्याटिङ र गुणाकेश मोतीको शानदार बलिङमा दुईपटकको विश्व च्याम्पियन इंग्ल्यान्ड वेस्ट इन्डिजसँग स्तब्ध बनेको हो। बुधबार भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लेको छ। वेस्ट इन्डिजले २ खेलबाट ४ अंक बनाएको हो।

वेस्ट इन्डिजले पहिलो खेलमा इटालीलाइ ३५ रनले हराएको थियो। वेस्ट इन्डिज सन् २०१२ र २०१६ को विश्वकप च्याम्पियन टोली हो। समूह चरणको पहिलो खेलमा नेपाललाई ४ रनले हराएको इंग्ल्यान्ड भने दोस्रो खेलमा आएर पहिलो हार व्यहोरेको हो। इंग्ल्यान्ड सन् २०१० र २०२२ को च्याम्पियन टोली हो।

प्रकाशित: २९ माघ २०८२ ६:५६ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast