आजदेखि सुरु हुँदैछ नेपाल पनि सम्मिलित भारत र श्रीलंकामा टी २० क्रिकेट

हिमाल प्रेस २४ माघ २०८२ ६:४३ | Saturday, February 7, 2026
8
SHARES
आजदेखि सुरु हुँदैछ नेपाल पनि सम्मिलित भारत र श्रीलंकामा टी २० क्रिकेट

काठमाडौँ- आईसीसी टी २० विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा शनिबार सुरु हुँदैछ। भारतका पाँच सहरका पाँच स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा विश्वकपका खेल हुनेछन्।

यसपटकको विश्वकपमा कुल ५५ खेल हुनेछ। भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियम, कोलकताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नइको एमए चिदम्बरम स्टेडियममा विश्वकपका खेल हुनेछन्। विश्वकपमा नेपालले समूह चरणका आफ्ना सबै चार खेल वानखेडे स्टेडियममा खेल्नेछ।

श्रीलंकाको कोलोम्बोस्थित आर।प्रेमादसा स्टेडियम र एसएससी क्रिकेट मैदानमा र क्यान्डीको पालकेले क्रिकेट स्टेडियममा विश्वकपका खेल हुनेछन्।

विश्वकपको पहिलो दिन आज तीन खेल हुने तालिका छ। श्रीलंकाको कोलोम्बोस्थित एसएससी मैदानमा पाकिस्तान र नेदरल्यान्ड्स बीचको उद्घाटन खेल बिहान सवा ११ बजे सुरु हुनेछ। यता भारतमा भने दुई खेल हुनेछन्। कोलकताको इडेन गार्डेनमा समूहसीका स्कटल्यान्ड र वेष्ट इण्डिज खेल्ने तालिका छ। यो नेपाल रहेको समूह हो।

वेष्ट इण्डिजले दुई पटक विश्ककपको उपाधि उचालिसकेको छ। स्कटल्यान्ड भने अन्तिम समयमा विश्वकपमा प्रवेश गर्ने भाग्यमानी टोली हो। सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारत भ्रमण गर्न अस्वीकार गरेपछि आईसीसीले वरियताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो। यो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ।

पहिलो दिनको अन्तिम खेलमा शनिबार राति सवा ७ बजे घरेलु टोली भारतले अमेरिकासँग खेल्ने तालिका छ। मुम्बईको वानखेडे स्टेडियममा अमेरिकासँग खेल्दै साविक विजेता भारतले विश्वकपको यात्रा सुरु गर्नेछ। नेपालले भने आइतबार दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ।

विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणका खेलपछि शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन्। सुपर ८ का खेलहरु फेब्रुअरी २२ देखि सुरु हुनेछ। सुपर ८ का शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो सेमिफाइनल मार्च ४ र दोस्रो सेमिफाइनल मार्च ५ मा हुनेछ। फाइनल खेल मार्च ८ मा हुने तालिका छ।

प्रकाशित: २४ माघ २०८२ ६:४३ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast