पशुपति आर्यघाटमा गरियाे सुनिल थापाको अन्त्येष्टि

हिमाल प्रेस २५ माघ २०८२ १६:५२ | Sunday, February 8, 2026
18
SHARES
पशुपति आर्यघाटमा गरियाे सुनिल थापाको अन्त्येष्टि

काठमाडौँ- खलनायक चरित्रले परिचित वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

हृदयघातका कारण शनिबार नर्भिक अस्पतालमा निधन भएका थापाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरलाई कलाकारहरूले राष्ट्रिय झन्डा ओढाएर बिदा गरेका छन्।

सुनिल थापाको निधनले सम्पूर्ण कला जगत नै स्तब्ध बनेको छ।

सुनिलको पार्थिव शरीर श्रद्धाञ्जली सभाको लागि आइतबार बिहान चलचित्र विकास बोर्डमा राखिएको थियो। उक्त सभामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रेखा थापा, आकाश श्रेष्ठ, करिष्मा मानन्धर, नीर शाह, मोहन निरौला, भुवन चन्द, गाैरी मल्ल दिनेश डिसीलगायत फिल्म क्षेत्रका अग्रजदेखि अनुजपुस्ताका सबै कलाकार सहभागी भए।

‘राते काइँला’ नामले चर्चित थापाले लामो समयदेखि नेपाली, भारतीय र भोजपुरी फिल्ममा सक्रिय भएर काम गरिरहेका थिए। भारतीय फिल्ममन पनि थापाको योगदान उत्तिकै महत्वपूर्ण छ।

उनले फिल्म ‘चिनो’, ‘राँको’, ‘सपना’, ‘देउकी’, ‘ठूल्दाइ’, ‘आगो’ लगायत थुप्रै हिट फिल्ममा काम गरे। ‘एक दूजे के लिए’, ‘मानव हत्या’, ‘अलबेला’ र ‘मेरी कोम’ लगायतका भारतीय फिल्ममा सुनिलले अभिनय गर्ने माैका पाएका थिए।

हाल उनी शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए। पत्निसहित सुनिलको एक छोरा र एक छोरी छन्।

‘राते काइँला’ नामले परिचित सुनिल थापाका यी हुन् चर्चित फिल्म

प्रकाशित: २५ माघ २०८२ १६:५२ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast