पाकिस्तानमा आत्मघाती आक्रमण, चारजना पक्राउ

हिमाल प्रेस २५ माघ २०८२ ९:५७ | Sunday, February 8, 2026
6
SHARES
पाकिस्तानमा आत्मघाती आक्रमण, चारजना पक्राउ

पाकिस्तानी अधिकारीहरूले शनिबार राजधानी इस्लामाबादको शिया मस्जिदमा आत्मघाती विस्फोटमा संलग्न चार सहयोगीलाई पक्राउ गरिएको बताएका छन् । उक्त आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको थियो । धेरैजना घाइते छन् ।

‘प्राविधिक तथा मानव गुप्तचर जानकारीका आधारमा खैबर पख्तुनख्वा प्रान्तका पेशावर र नौशेरा जिल्लामा समन्वयित छापामार कारबाही गरियो, जसबाट हमलाका पछाडि रहेका अफगान आईएसआईएसका मुख्य योजनाकारसहित चार सहयोगी पक्राउ परे,’ पाकिस्तानको आन्तरिक मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

मन्त्रालयले अगाडि भनेको छ, ‘प्रमाणहरूले योजना, तालिम र अतिवादी बनाउने कार्य अफगानिस्तानका आईएसआईएसले गरेको पुष्टि गर्छन् । अफगान तालिबानको संरक्षणमा रहेको आतंकवादको जाल क्षेत्रीय शान्तिका निम्ति गम्भीर खतरा बनेको छ ।’

कारबाहीका क्रममा एक सुरक्षा अधिकारीको मृत्यु र चारजना घाइते भएका मन्त्रालयले जनाएको छ । ‘हाम्रा सुरक्षा बलहरू दृढ छन्, थप गुप्तचर जानकारीमा आधारित कारबाहीहरू जारी छन्,’ मन्त्रालयले भनेको छ ।

आन्तरिकमन्त्री मोहसिन नकवीले आतंकवादी संगठनहरू अफगानिस्तानबाट सञ्चालन भइरहेका भन्दै भारतले तिनलाई आर्थिक सहयोग गरेको आरोप लगाएका छन् ।’हामी विश्वलाई के भन्न चाहन्छौँ भने, पाकिस्तान यी आतंकवादीहरूविरुद्धको पर्खाल हो । यदि, यो पर्खाल कमजोर भयो भने कोही पनि सुरक्षित रहन सक्दैन,’ उनले भने ।

भारत र अफगानिस्तान दुवैले हमलामा आफूहरूको कुनै संलग्नता नभएको जनाएका छन् । बीबीसीबाट ।

प्रकाशित: २५ माघ २०८२ ९:५७ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast