जनतालाई केन्द्रमा राखेर घोषणापत्र तयार गर्न दलहरूलाई सुझाव

हिमाल प्रेस २६ माघ २०८२ १६:५१ | Monday, February 9, 2026
10
SHARES
जनतालाई केन्द्रमा राखेर घोषणापत्र तयार गर्न दलहरूलाई सुझाव

काठमाडौँ- नेपाल प्रथम राष्ट्रिय अभियानले जनताका मुद्दालाई केन्द्रमा राखेर घोषणापत्र बनाउनका लागि राजनीतिक दलहरूलाई सुझाव दिएको जनाएको छ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानले राजनीतिक दलहरूले देश र जनताका लागि राजनीति गर्ने भएकाले जनतालाई केन्द्रमा राखेर कार्यान्वयन हुने गरी घोषणापत्र तयार गर्न सुझाव दिएको जानकारी दिएको हो।

शिक्षा, विकास र अर्थतन्त्र, न्याय, राष्ट्रिय सुरक्षा, उद्योग, विदेश नीति, स्वास्थ्य सेवा र सुशासन र विकासजस्ता विषयलाई प्राथमिकताका साथ समेटेर घोषणापत्र सार्वजनिक गर्न सुझाव दिइएको नेपाल प्रथम राष्ट्रिय अभियानका संयोजक नारायणप्रसाद ढकालले जानकारी दिए।

युवाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यका साथ देशैभर निर्वाचन जनता र राष्ट्रका लागि अभियान समेत सुरु गरिएको उनको भनाइ छ। उनले हरेक नागरिकलाई देशमा नै भविष्य बनाउनका लागि सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने धारणा राखे।

प्रकाशित: २६ माघ २०८२ १६:५१ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast