सुगम र रिताले गाए ‘बेहाल’ गीत, भिडियोमा अभिषेक र श्रीतिकाको रोमान्टिक अभिनय

हिमाल प्रेस ४ फागुन २०८२ १५:३३ | Monday, February 16, 2026
12
SHARES
सुगम र रिताले गाए ‘बेहाल’ गीत, भिडियोमा अभिषेक र श्रीतिकाको रोमान्टिक अभिनय

काठमाडौँ- गायक सुगम पोखरेल र रिता केसीको स्वरमा ‘बेहाल’ बोलको गीत सार्वजनिक भएको छ। राजधानीमा कार्यक्रम गर्दै निर्माण टिमले गीत सार्वजनिक गरेका हुन्।

कार्यक्रममा गीतका सर्जकसहित वरिष्ठ संगीतकर्मी फणिन्द्र राई, गीतकार अम्बिका गुरुङ, भुपेन्द्र महत, चलचित्र सेन्सर बोर्डका सदस्य तथा चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरीले गीतको अडियो तथा भिडियो सार्वजनिक गरे।

प्रेमभाव व्यक्त गरिएको गीत डा. देवेन्द्र प्रधानले लेखेका हुन्। गीतमा शंकर थापा ‘स्माइल’ ले संगीत भरेका छन्।

त्यस्तै केशव राज भट्टले निर्देशन गरेको भिडियोमा अभिषेक श्रेष्ठ र श्रीतिका श्रेष्ठले अभिनय गरेका छन्।

भिडियोमा दिनेश पराजुलीको छायाँकन र डिन्सन शाहको सम्पादनमा बनेको छ। गीतको भिडियोमा मुस्ताङ देखि पोखराको दृश्य कैद गरिएको टिमले जनाएको छ।

भारतको कालिङपोङ निवासी गीतकार डा. प्रधान यही गीत सार्वजनिक कार्यक्रमका लागि काठमाडौँ आएका थिए।

नेपाली साहित्य र संगीतमा आफ्नो रुचि भएकोले गीत लेख्ने गरेको उनले बताए। प्रधान सन् २०१९ देखि निरन्तर गीति लेखनमा सक्रिय छन्।

यस्ताे छ गीत

प्रकाशित: ४ फागुन २०८२ १५:३३ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast