सर्लाही- सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–१० मा आइतबार साँझ सव–इञ्जिनियरको गोली हानी हत्या गरिएको छ। पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सव–इञ्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
अज्ञात व्यक्तिले छातिमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राईले बताए। मृतक यादव मलंगवा–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए। घटनाबारे अनुसन्धान अघि बढाएको छ।
घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।




