सेयर बजार : २६ अंकले घट्यो

हिमाल प्रेस २६ माघ २०८२ १६:१४ | Monday, February 9, 2026
10
SHARES
सेयर बजार : २६ अंकले घट्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अंकले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भएको छ।

आज (सोमबार) विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। दुई सय १२ कम्पनीको सेयर मूल्य घट्दा ४२ को मात्रै बढेको छ।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ५ दशमलव ४० प्रतिशतले घटेको छ।

प्रकाशित: २६ माघ २०८२ १६:१४ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast