श्रीलंकाली सेनाद्वारा २५ भारतीय माझी पक्राउ

हिमाल प्रेस ४ फागुन २०८२ १७:०० | Monday, February 16, 2026
8
SHARES
श्रीलंकाली सेनाद्वारा २५ भारतीय माझी पक्राउ

कोलम्बो- श्रीलंकाली सेनाले सोमबार २५ जना भारतीय माझीहरूलाई श्रीलंकाको जाफ्नाको कान्केसन्थुराईमा इलाकामा अवैध रूपमा माछा मारेको आरोपमा पक्राउ गरेको नौसेनाले जनाएको छ।

सेनाका अनुसार माछा मार्नेहरू आइतबार राति श्रीलंकाको उक्त क्षेत्रमा प्रवेश गरेका थिए भने उनीहरूको साथबाट दुई वटा यान्त्रिक डुंगाहरू पनि जफत गरिएको थियो।

थप अनुसन्धानका लागि पक्राउ परेका माझिहरूलाई मत्स्यपालन तथा जलीय स्रोत विभागलाई हस्तान्तरण गरिने सेनाले जनाएको छ।

स्थानीय माझीहरूको जीविकोपार्जनमा अवैधरुपमा माछा मार्ने अभ्यासले परेको प्रभावलाई उद्धृत गर्दै सेनाले विदेशी जहाजहरूद्वारा अवैधरूपमा माछा मार्ने कार्यलाइ रोक्न नियमित गस्ती र अपरेसनहरू जारी राखेको बताएको छ।

प्रकाशित: ४ फागुन २०८२ १७:०० | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast