हलमा लाग्याे ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश : च्याप्टर वान’

हिमाल प्रेस १ फागुन २०८२ १०:५० | Friday, February 13, 2026
18
SHARES
हलमा लाग्याे ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश : च्याप्टर वान’

काठमाडौँ- देशभरका हलमा आज ३ फिल्म एकसाथ प्रदर्शन भएको छ। फागुन १ देखि फिल्म ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांशः च्याप्टर वान’ प्रदर्शनमा आएको हो। तीनओटै फिल्मको कथा फरकफरक छ।

‘बिगुल’ नेपालको राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने गरेको जनआवाजमा केन्द्रित छ। फिल्मका निर्देशक रमेश कोइराला हुन्। फिल्ममा बेनिशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ।

‘श्री बुकुरोः द होम कलिङ’ पारिवारिक कथामा बनेको छ। फिल्मको मुख्य भूमिकामा अभिनेत्री लक्ष्मी गिरी छिन्। आमाको पक्षबाट परिवारको कथा प्रस्तुत गरिएको फिल्ममा आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, रामबाबु रेग्मी, उत्तम केसीलगायत कलाकारले अभिनय गरेका छन्।

अर्को फिल्म ‘शिवांश’ मा धर्मको नाममा अपराध कर्ममा संलग्न हुनेको कथा प्रस्तुत गरिएको छ। जटा भएको अघोरी चरित्रले कसरी भित्रभित्रै अपराध कर्म गर्छ भन्ने फिल्मको मुख्य विषयवस्तु हो। फिल्मको मुख्य भूमिकामा अभिनेता प्रवीण खतिवडा छन्। अन्य कलाकारमा तेज गिरी, विमला लिम्बु, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सबीर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायतले सहकार्य गरेका छन्।

सन्तोष कुमार आत्रेयले निर्देशन गरेको हुन्। अञ्जान केसीको कथा रहेको फिल्मको पटकथा बारत लिम्बूले लेखेका हुन्।

 

प्रकाशित: १ फागुन २०८२ १०:५० | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast