विकेट लिएपछि शेर मल्ल। तस्बिर स्रोत : क्यान
काठमाडौँ- टी–२० क्रिकेट विश्वकपअन्तर्गत इंगल्यान्डविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ।
मुम्बईस्थित वानखेडे मैदानमा आइतबार सुरु भएको खेलमा नेपाली टोलीका शेर मल्लले पहिलो विकेट लिएका हुन्। मल्लले आफ्नो डेब्यु खेलको पहिलो बलमा इंगल्यान्डका ओपनर फिल सल्टलाई क्याचआउट गराएका हुन्।
रोहित पौडेलको कप्तानीमा नेपालबाट कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, लोकेश बम, गुलसन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने मैदानमा छन्।
यो नेपाल र इङ्ल्यान्डबीच पहिलो पटकको प्रतिस्पर्धा हो। नेपाली क्रिकेटले अहिलेसम्म सामना गर्न लागेको यो नै सबैभन्दा ठूलो प्रतिस्पर्धी हो।
इंग्ल्यान्ड पछिल्लो पटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो। नेपाल भने समूह चरणबाट माथि बढ्न सकेको थिएन।
इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुक छन् भने नेपालका कप्तान रोहित पौडेल छन्। पौडेलले इङ्ल्यान्डविरुद्धको पहिलो भेटमा उच्च मनोबलले खेल्ने बताएका छन्। समूह सीमा नेपाल र इङ्ल्यान्डसँगै इटाली, वेष्ट इन्डिज र स्कटल्यान्ड रहेका छन्।



