सबइन्जिनियर हत्याको विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारी आन्दोलित

हिमाल प्रेस ४ फागुन २०८२ १७:०० | Monday, February 16, 2026
10
SHARES
सबइन्जिनियर हत्याको विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारी आन्दोलित

काठमाडौँ– सदरमुकाम मलंगवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सबइन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन्।

जिल्ला अदालतको मूल द्वारमा धर्ना दिँदै उनीहरूले हत्याका दोषिलाई कारवाही तथा कर्मचारीको सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्ने माग राखेका छन्।

पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका–६ वैशाखा घर भएका सबइन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको आइतबार राति मलंगवा नगरपालिका–१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए।

सब इन्जिनियर यादव आइतबार दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलंगवा फर्किएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए। उनी घरबाट फर्किएलगत्तै घटना भएको देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए।

मोटरसाइकलमा आएका व्यक्तिले सबइन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेको मृतककी श्रीमती पुनम यादवले बताइन्। उनको देब्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट गोलीको एक खोका बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरी नायव उपरीक्षक सरोज राईले बताए। गोली लागेर ढलेका यादवलाई आइतबार राति नै प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पु¥याएको थियो। अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

हालसम्म गोली प्रहारको कारण खुल्न नसकेको प्रहरी नायव उपरीक्षक राईले बताए। सबइन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलंगवा–१० मा डेरामा बस्दै आएका थिए।

प्रकाशित: ४ फागुन २०८२ १७:०० | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast