सर्लाही-३ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई विद्यालय कर्मचारी परिषद्ले गरायो सहमति स्मरण

हिमाल प्रेस १९ माघ २०८२ १०:३६ | Monday, February 2, 2026
104
SHARES
सर्लाही-३ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई विद्यालय कर्मचारी परिषद्ले गरायो सहमति स्मरण

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् मधेश प्रदेश कार्यसमितिको प्रदेश स्तरीय भेलाका क्रममा सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा २०८० को वार्ता टोली संयोजक पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्दै परिषद्ले यसअघि सरकारसँग भएको सहमति स्मरण गराएको छ।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति अध्यक्ष गंगाराम तिवारीका अनुसार परिषद् उपाध्यक्ष रीना ठकुरी काफ्लेको संयोजनमा महासचिव शान्तिनाथ योगी, सर्लाही जिल्ला अध्यक्ष नारायणप्रसाद यादवसहितको टोलीले श्रेष्ठसँग भेट गरी विद्यालय कर्मचारीसम्बन्धी आन्दोलनका क्रममा भएको सहमतिका विषयमा ध्यानाकर्षण गराएको हो। भेटघाटमा निर्वाचनको शुभकामनासमेत व्यक्त गरिएको अध्यक्ष तिवारीले बताए।

२०८० मा शिक्षक-कर्मचारी आन्दोलनका क्रममा सरकार र नेपाल शिक्षक महासंघबीच गृह मन्त्रालयमा भएको सहमतिअनुसार विद्यालय शिक्षा विधेयकका विवादित प्रावधान संशोधन गर्न सहजीकरण गर्ने, शिक्षक-कर्मचारीको मर्यादा, सेवासुविधा, बढुवा, सरुवा तथा सामाजिक सुरक्षासम्बन्धी विषयमा पहल गर्ने प्रतिबद्धता गरिएको थियो। उक्त सहमति तत्कालीन गृहमन्त्री श्रेष्ठको नेतृत्वमा भएको वार्ताबाट टुंगो लागेको थियो।

परिषद्ले सोही सहमतिलाई कार्यान्वयनको चरणमा लैजान राजनीतिक नेतृत्वको निरन्तर सहयोग आवश्यक रहेको भन्दै उम्मेदवार श्रेष्ठसँग पुनः स्मरण गराएको जनाएको छ।

श्रेष्ठ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सो क्षेत्रको उम्मेदवार हुन्।

प्रकाशित: १९ माघ २०८२ १०:३६ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast