काठमाडौँ- दक्षिण एसियाली फुटबल महासङघ (साफ) ले माल्दिभ्समा आयोजना हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ।
आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजना गरिएको छ।
जसमा नेपाल समूह ‘ए’ मा परेको छ। उक्त समूहमा आयोजक माल्दिभ्ससँगै भुटान र श्रीलंका छन्। यसैगरी प्रतियोगिताको समूह ‘बी’ मा साविक विजेता भारत, बंगलादेश र पाकिस्तान छन्।
नेपालले आफ्नो उद्घाटन खेलमा भुटानको सामना गर्नेछ। यसैगरी नेपालले दोस्रो खेल मार्च २५ तारिखमा श्रीलंकासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल २७ मार्चमा माल्दिभ्ससँग हुनेछ।
सिंगल राउन्ड रोविन लिगपछि प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। उक्त च्यापियनसिपको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो चरणमा ८० खेलाडी छनोट गरेको छ।



